तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा १८ हजार ३४६ जना कोरोना सङ्क्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो सङ्ख्या छ महिनायताको नै कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।  

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । सोमबार दिनभरमा १८ हजार ३४६ सङ्क्रमित हुँदा २९ हजार ६३९ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन् ।  भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखि हालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ । 

भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button