तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी संक्रमित

file photo

काठमाडौँ । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले सरकारी प्रयासका बाबजुद पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको छ ।  

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ ।  बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसै गरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।   

यहाँ पछिल्ला दिनहरूमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप  फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीहरूले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button