तपाईँ सुन्दै हुनुहुन्छः

२५ भेडाका पाठा जले

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् । स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको जानकारी दिनुभयो । 

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित  १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गर्नुभयो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button