तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा धान बालीमा गवारो र नेक ब्लास्ट रोग देखियो

कास्की। पोखरामा धान बालीमा गवारो र नेक ब्लास्ट देखिए पछि किसानहरू चिन्तित बनेका छन् । धान पसाउने वेलामा धानको वाला सुक्दै जाँदा पोखरा महानगरपालिका २६ र २७ का किसानहरूका धान खेतमा गवारो र नेक ब्लास्ट देखिएको पोखरा कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ‘लगातार धान खेतमा पानी भइरहने र बिचमा खेतमा पानी सुख्खा हुँदा पोखरा २६ र २७ वडाका अधिकांश धान खेतमा नेक ब्लास्ट देखिएको छ । नेक ब्लास्टले धानको बाला तल कालो कालो हुँदै धान पाक्न अगावै बालाहरू भाचीने समस्याले किसानहरू हैरान परेको पोखरा महानगरपालिका वाड नम्बर २६ का वडा अध्यक्ष नारायण प्रसाद बराल बताउनुहुन्छ ’।

बरालले भन्नु भयो “६० जना किसानको धान खेतमा यो रोग देखिएको आज एक हप्ता जति भयो ” वडामा मनसुली धान लगाएको वर्षौँ भयो तर अहिले सम्म यो रोगको बारेमा थाहा थिएन अहिले यो समस्याले किसानले अव के खाने हुन् भन्ने चिन्ता लागको बताउनुभयो ।”

महाशाखाले त्यसको अध्ययन अवलोकन गरेको छ । हामीले पालिका र प्रदेश सरकार सँग राहत उपलब्ध गराइदिन अनुरोध गरेका छौ । धान खेत लगाएर खाने किसानको बिचल्ली हुने भयो हाम्रा खेतहरूमा सिचाइको समस्याले यो रोग लागेको बरालको भनाई रहेको छ ।

पोखरा २६ र २७ मा धान बालिमा बाला लागे पनि सुकेको, दाना पुस्ट नभएको, आधा भन्दा बढीमा यो समस्या देखिएको बरालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म यस्तो समस्या हामीले भोगेका थिएनौँ तर अहिले धान पाक्ने वेला यस्तो समस्या देखियो ।महाशाखामाले तत्काल रोगको लागी औषधी वितरण गरेको छ ।

केही दिनको हल्का पानी र बादलले गर्ला पनि यो समस्या देखिएको कडरिया बताउनुहुन्छ अहिले सम्म महाशाखामा १०० रोपनी भन्दा बढीमा देखिएको भन्दै कार्यालयमा किसानहरूले गुनासो गर्नु भएको छ । हामीले आवश्यक पहल गरेका छौ । ‘यो समस्या आउनुको मुख्य कारण यो क्षेत्रमा विजयपुर खोला देखी सिचाई हुँदै आएको रहेछ करिब एक महिना देखि सिचाई रोक्कीदा धानमा नेक ब्लास्ट भएको हो ।’

अहिले महाशाखाले बिम नामको विषादी १ ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे गरिरहेका छा यो बर्ष अत्यधिक वर्षा र बादल लागेको दिन धेरै भएकोले रोग अझै भयावह हुँदै जान्छ कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button