तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुको कृष्ण नगरमा फैलियो झाडापखालाको प्रकोप

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरको वडा नं.७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारकोलागि सयौँ बिरामीहरू आइरहेका छन् ।

नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन् ।एक जना बिरामीको अस्पतालमा र अर्का एकजनाको निजी क्लिनिकमा मृत्यु भएको बताइन्छ । स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ ।सथानीयहरुले अहिलेसम्म दुईसयभन्दा बढी मानिसहरु बिरामी परेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button