२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

रेडियो नेपाल २०७८ असोज १९ गते ९:३७
File photo

बर्दिया। बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

सम्बन्धित