तपाईँ सुन्दै हुनुहुन्छः

चेन्नईमाथि दिल्लीको जित

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लिएको छ । दिल्लीले चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गरेकाे हाे ।

१ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । ओपनर शिखर धवनले सर्वाधिक ३९ रनको योगदान दिँदा शिम्रन हेटमायरले २८ रन जाेडे ।

चेन्नईका रविन्द्र जडेजा र शार्दूल ठाकुरले २-२ विकेट लिए । दीपक चाहर, ड्वेन ब्राभो र जोश हेजलवुडले १-१ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायुडूले सर्वाधिक ५५ रनको योगदान दिए । कप्तान महेन्द्रसिंह धोनी १८, रोविन उथप्पा १९ बनाए ।

दिल्लीका अक्षर पटेलले २ विकेट लिए । एनरिच नोर्किया, आवेश खान र रविचन्द्रन आश्विनले १-१ विकेट लिए ।

जितसँगै दिल्लीले लिगमा शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना उच्च बनेको छ । दिल्ली, बेंगलोर र चेन्नई प्लेअफमा पुगिसकेका छन् । कोलकाता, राजस्थान, पन्जाब र मुम्बई मध्य एक टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।

शीर्ष दुई टोलीले क्वालिफायर खेल्दा तेस्रो र चौथो स्थानको टोलीले एलिमिनेटर खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button