२०७८ साल असोज ३१ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी

रेडियो नेपाल २०७८ असोज १९ गते ७:३१

टोकियो। जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थाल्नुभएको छ ।

उहाँले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभएको हो ।

उहाँले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गर्नुभएको जनाइएको छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उहाँले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लग्नुपरेको हो ।

निर्वाचन गराउनका लागि उहाँले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाउनुभएको जनाइएको छ ।

प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् ।सिन्ह्वा

सम्बन्धित