तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महाधिवेशन: नेतृत्व चयन भएका परिणाम आउने क्रम जारी

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज भएका विभिन्न जिल्लाको अबिधेशनबाट नयाँ नेतृत्व चयन भएका परिणामहरू आउने क्रम जारी छ ।

नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । पार्टीको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपानेको एक मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हाम्रा गोरखा संवाददाता राजेन्द्र न्यौपानेले जनाएका छन् ।

यसैगरी नेपाली कांग्रेस कालिकोटको जिल्ला सभापतिमा अम्बबहादुर शाही निर्वाचित हुनुभएको छ । शाही निर्विरोध निर्वाचित हुनुभएको कालिकोटबाट अनन्त बरालले जनाएका छन् ।

यस्तै नेपाली काँग्रेस सङ्खुवासभाको जिल्ला सभापतिमा दीपक खड्का निर्वाचित हुनुभएको हाम्रा संवाददाता बाबुराम बास्तोलाले जनाएका छन् ।

यसैगरी नेपाली कांग्रेस रामेछापको जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ कान्छाराम निर्वाचित हुनुभएको छ । उता नेपाली कांग्रेस हुम्लाको  जिल्ला सभापतिमा मोहन विक्रम सिंह निर्वाचित हुनुभएको हाम्रा हुम्ला संवाददाता अर्जुन बोहराले जनाएका छन् ।

नेपाली काँग्रेस इलाम, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, जाजरकोट लगायतका जिल्लाका जिल्ला अबिधेशन दशै पछिमात्र हुने भएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button