तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमले बोनस सहितको पर्व छूट सेवा उपलब्ध गराउने

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरूको महान् चाडपर्वहरूको अवसरमा विभिन्न डाटा र प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व छूट सेवा उपलब्ध गराउने भएको छ । 

पर्व छूट सेवाहरू दसैँका अवसरमा असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म र तिहार नयाँ बर्ष र छठका अवसरमा कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म उपलब्ध गराउने नेपाल टेलिकमले जानकारी गराएको छ ।  

डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुने र १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ । 

भ्वाइस सेवा अन्तर्गत प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button