तपाईँ सुन्दै हुनुहुन्छः

भारततर्फ डिजेल तस्करी गर्ने ट्याक्टर नियन्त्रणमा

वीरगञ्ज । नेपालबाट भारततर्फ डिजेल चोरी तस्करी गर्न लागेको अवस्थामा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाँडेपुरबाट प्रहरीले ७० लिटर डिजेलसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ । 

ना.३ त २५६६ नम्बरको ट्याक्टरमा डिजेल लोड गरी जानकी टोलको बाटो हुँदै भारततर्फ गइरहेको अवस्थामा प्रहरी चौकी पाँडेपुरबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा चालक ट्याक्टर छाडी फरार भएका र ७० लिटर डिजेलसहित ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । 

बरामद गरिएको डिजेल र तस्करीमा संलग्न ट्याक्टरको ७ लाख ४ हजार ९ सय  मूल्याङ्कन गरी थप कारबाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button