तपाईँ सुन्दै हुनुहुन्छः

सल्लाघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर  । अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सल्लाघारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।सुर्यबिनायक नगरपालिका ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौराको मृत्यु भएको हो । रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले प्रदेश ३ –०२ –००८ प २५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुवै सवारीसाधन र ट्रक चालक  भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने बर्ष ५० को महादेव शर्मालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटर साइकलमा पछाडि सवार मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार बस्ने बर्ष २८ का अमृत सिलवाललाई भने दुर्घटनामा घाइते भएकोमा उपचार पछि अस्पतालले डिस्चार्ज गरेको छ ।तीव्र गति र पानी परिरहेका कारण चिप्लो भई दुर्घटना भएको प्रहरी र दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button