तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट

बारा । इलाका प्रहरी कार्यालय सिमरा, बाराले जितपुरसिमरा उपमहानगरपालिकाको चकरीबाट भारी मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको छ । 

सञ्चालनमा रहेका २९ वटा अवैध घरेलु मदिरा भट्टीबाट तयारी मदिरा २ हजार लिटर र कच्चा पदार्थ .६ हजार ५ सय लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका समान नष्ट गरिएको प्रहरीले जनाएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ चकरी टोल, वडा नं. १८ लामी डाँडा टोल र फेटा गाउँपालिका वडा नं.३ को भट्टीबाट प्रहरीले मदिरा बरामद गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button