२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

आगामी एक हप्तासम्म मनसुन जारी रहने

केशव ढुङ्गाना २०७८ असोज ९ गते १९:१६

काठमाडौँ । नेपालमा आगामी एक हप्तासम्म मनसुन जारी रहने र केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । 

सामान्यतः अङ्ग्रेजी महिनाको सेप्टेम्बर २३ देखि नै नेपालबाट मनसुन बाहिरिने भए पनि यस वर्ष अक्टुवर २ तारिखको वरिपरि सम्म मनसुन सक्रिय रहने अवस्था रहेको मौसमविद् मञ्जु वासीले बताउनुभयो ।

मौसम विभागले हरेक १० वर्षको अवधिको मनसुनी अवस्थालाई विश्लेषण गरी नेपालमा मनसुन भित्रने र बाहिरिने समय निर्धारण गर्ने गरेको र यस वर्षदेखि अक्टुवर २ लाई नै औपचारिक रूपमा मनसुन बाहिरिने मिति निर्धारण गरिएको मौसमविद् वासीले बताउनुभयो । 

यस अगाडि जुन १० मा नेपालमा मनसुन सुरु भई सेप्टेम्बर २३ मा अन्त्य हुने गर्दथ्यो । 

तर पछिल्लो १० वर्षको मनसुनी गतिविधि अध्ययन गर्दा पहिले भन्दा ३ दिन ढिला अर्थात् जुन १३ मा नेपाल प्रवेश गरी एक हप्ता जति ढिला अर्थात् अक्टुवर २ मा बाहिरिने गरेको पाइएकोले यस वर्षदेखि यस अवधिलाई औपचारिक रूपमा मान्यता दिन लागिएको मौसमविद् मञ्जु वासीले बताउनुभयो । 

सम्बन्धित