तपाईँ सुन्दै हुनुहुन्छः

मर्दी हिमाल ट्रेकमा दुई वर्षपछि चहलपहल

पोखरा । कोरोना भाइरसका कारण शिथिल बनेको मर्दी हिमाल ट्रेकमा दुई वर्षपछि चहलपहल बढ्न थालेको छ । 

कोरोना भाइरस विरुद्धको खोप मानिसहरूले पाइसकेको र कोरोना भाइरस सक्रंमणको दर पनि घट्दै जानुका साथै बिस्तारै अब मौसम खुल्ने र भ्रमण गर्ने सिजन सुरु हुन लागेकाले मर्दी पर्यटन पदमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउन सुरु गरेको बताउनुहुन्छ मर्दी हिमाल लो क्याम्पमा पर्यटन व्यवसाय गर्दै आउनुभएका खेम तामाङ ।

घुम्नको लागि अति उत्तम समय मानिने असोज र कात्तिक महिना घुम्ने सिजन पनि भएको र दशैँको बिदा सुरु हुँदा साथ पर्यटक आवागमन हुने ठानिएको छ । 

सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप उपलब्ध गराइसक्ने र  अहिले पनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन बिस्तारै पहिलाकै अवस्थामा फर्किनेमा यहाँका पर्यटन व्यवसायी आशावादी रहेको मर्दी हिमाल हाई क्याम्पका पर्यटन व्यवसायी सुदीप गौतम बताउनुहुन्छ ।

पर्यटकलाई लक्षित गरेर मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन क्याम्प, पोथना, हाइक्याम्प, लो क्याम्पका होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाई खोलिएको छ ।  

No description available.

विशेष गरी दशैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । 

मर्दी पदयात्रामा जानेहरू पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् । 

छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो । 

विदेशी पर्यटक आउन अझ केही समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइरहँदा यहाँका पर्यटन व्यवसायीहरू कोरोना भाइरस विरुद्धको खोप लगाएर निर्धक्कका साथ पर्यटकलाई स्वागत गर्न आतुर छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button