तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको ९५ लाखसहित दुई भारतीय पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग काठमाडौँले स्रोत नखुलेका ९५ लाख रुपैयासहित सहित दुई जनालाई पक्राउ गरेको छ । नागढुङ्गामा बाहिर जिल्लावाट आउने सवारी साधनहरुलाई चेकजाँच गर्नेक्रममा प्रहरीले ९५ लाख रुपैयासहित दुई भारतीइ नागरिकलाई नियन्त्रणमा लिएको हो हो ।
चन्द्रागिरि न.पा. वडानं २ स्थित नागढूङ्गा चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ६६४५ न.को यात्रु वाहक हाईस गाडीमा ८ र ९ नंको सिटमा सवार भई आएका व्यक्तिको झोला चेकजाँच गर्ने क्रममा प्रहरीले ९५ लाख फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले भारत मुम्बई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर बताउने वर्ष २६ को सागर मालीको साथबाट ४५ लाख र सोही ठाउँ घर बताउने वर्ष १९ को कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरि नियन्त्रणमा लिएको जनाएको छ ।

चेंकजाँचकाक्रममा रकम भेटिएपछि नियन्त्रणमा लिई सोधपुछ गर्दा रकमको श्रोत खुलाउन नसकेपछि रित पूर्वक खानतलासी मुचुल्का उठाई पक्राउ गरी परिसर काठमाडौँमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button