तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूले के भने !

संयुक्त राष्ट्रसंघ। विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा विश्व र आ-आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन् ।

प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ। कोरोना महामारीको लामो सङ्कटले गुज्रिरहेको विश्वको वर्तमान अवस्थामा महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट यस्ता अभिव्यक्त विचारहरूले अखबारका पानाहरू रङ्गाएका छन् र नयाँ विचारलाई पस्केका छन् । यस्ता केही प्रतिनिधि विचारहरूलाई यहाँ प्रस्तुत गरिएको छ।

महासभालाई सम्बोधन गर्दै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाउनु भएको छ। उहाँ भन्नुहुन्छ “आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरूमा अग्रपङ्क्तिमा खटिएर सेवा दिइरहेका छन् तर पनि उनीहरू मध्ये धेरैलाई जागिर गुमाउनु परेको छ, तलब कटौती को समस्या बेहोर्नु परेको छ, स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा पहुँचको अभाव भएको छ । अनि जबरजस्ती फिर्ताको कारणले कडा चोट बेहोरिरहेका छन्।”

त्यसै गरी माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्व र यसको बालबालिका माथि पर्ने असरलाई विशेषरूपले उठाउनु भएको छ। “द्वन्द्वले धेरै मानिसहरूको जीवनलाई असर गर्छ जसका कारण हामी हजारौँ बच्चाहरूलाई असफलता को बाटोमा डोराइरहेका छौँ। हामी उनीहरूलाई हिंसा, क्रूरता, हानीबाट, र उनीहरूको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौँ। हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौँ ।”

जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाशभिल्ली विश्वभरमा प्रजातन्त्र सङ्कटमा पर्दै गएको विषयलाई उठाउनुभएको छ । उहाँ भन्नुहुन्छ- अन्तिम पटक जब हामी यहाँ संयुक्त राष्ट्र सङ्घमा प्रत्यक्ष भेटेका थियौँ, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौँ र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यस्मै व्यस्त छन् ।“

लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेलको भने अलिक फरक टिप्पणी छ । उहाँका अनुसार यदि हामीसँग आशा र विश्वास छैन भने जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन् ।

त्यसै गरी बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले भने अझ कडा टिप्पणी गर्दै भन्नुभएको छ। “हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हल मा नफर्कौं। एकपक्षीयता, राष्ट्रवाद, र असफल सामूहिक कारबाहीको विरोध गर्न यस हलमा कदापि नफर्कौं । “एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button