तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक काँग्रेसको नगर तथा पालिका अधिवेशन स्थगित


सिन्धुपाल्चोक ।  नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा  शनिबार हुने भनिएको गाउँपालिका र नगरपालिकाको अधिवेशन स्थगित भएको छ । शुक्रवार जिल्ला निर्वाचन अधिकृत छवि रमण निरौलाले एक सूचना निकाल्दै अधिवेशन स्थगित भएको जानकारी गराउनुभयो ।

विविध प्राविधिक कारणले गर्दा निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो । शनिवारको अधिवेशन स्थगित भए पनि  निर्वाचनको अर्को मिति भने तय भएको छैन ।

फर्जी कागजमा जबरजस्ती सही गराए,ज्यान मार्ने धम्की दिए : मतदान अधिकृत सापकोटा

नेपाली काँग्रेसको जारी अधिवेशनका लागि हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा खटिएका मतदान अधिकृतलाई गाली गलौचसहित ज्यान मार्ने धम्की आएको छ । गत ५ गते विवाद भएपछि स्थगित भएको अधिवेशन वडा अध्यक्षसहित केही  व्यक्तिले आफु अनुकूल कागजपत्र बनाई अपहरण गरेर जबरजस्ती कागजपत्रमा अधिकृतको साइन गर्न लगाइएको वडा मतदान अधिकृत रामकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खेतनाथ घिमिरे,निल बहादुर खड्का र गोविन्द पण्डितको समूहले आफूलाई अपहरण गरी कागजपत्रमा साइन नगरे ज्यान मार्ने धम्की दिएको सापकोटाको भनाइ छ । सापकोटाले आफ्नो ज्यान जोखिममा रहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय मेलम्चीमा निवेदन दिनुभएको छ । अधिवेशन गर्न नसकिएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराइएको सो निवेदनमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button