२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

फ्रेन्चाइज इपीएल क्रिकेट आजबाट, ललितपुर र काठमाडौं भिड्दै

रेडियो नेपाल २०७८ असोज ९ गते ७:४०

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२:१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्नेछन् भने काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने रहनेछन् । दुबै टोली पहिलो खेलमा सुखद सुरुवात गर्न चाहन्छन् । दुबैको लक्ष्य पहिलो खेलमा २ अंकका लागि हुनेछ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी छन् । काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाश रहेका छन् ।

चौथो संस्करणका प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने जनाएको छ ।

ललितपुर प्याट्रिएट्स

कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।

काठमाडौँ किंग्स एलेभेन

सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।

सम्बन्धित