तपाईँ सुन्दै हुनुहुन्छः

ज्योति भञ्ज्याङ् विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप

सिन्धुपाल्चोक  । मेलम्ची नगरपालिका–७ दुवाचौरमा रहेको ज्योति भञ्ज्याङ् आधारभूत  विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षामा नवीनतम कार्यक्रमबाट विद्यालयलाई आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेट मध्येबाट चार लाख पचासी हजारको  शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो ।

विनियोजित रकमबाट चार लाख पचासी हजार पाँच जना शिक्षकको लागि ल्यापटप खरिद, वाइरिङ तथा वाइरिङ सामान एक लाख चार हजार नौ सय आठ , शैक्षिक सामाग्रीतर्फ ९९,५८६ को कार्य गरिएको र बाँकी २०,५०६ बाट बाल भित्ते लेखन कार्यमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक धिरज श्रेष्ठले जानकारी दिनुभयो।

शुक्रवार एक कार्यक्रमबीच ७ नम्बर वडाका वडा सदस्य  पासाङ तामाङ , विद्यालयका अध्यक्ष वीर बहादुर दोङ र शिक्षासेबी धर्मराज गिरिले  शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।

प्रमुख अतिथि वडा सदस्य तामाङले प्रविधिको सदुपयोग गरी शैक्षिक गुणस्तर निर्माणका लागि सहयोग पुर्‍याउन अनुरोध गर्नुभयो ।

उहाँले विद्यालयलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button