तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि

नेपालगञ्ज ।  बाँकेका प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।  आज १ जना मात्र डिस्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको १२९ नमुना परीक्षणमा बाँकेका ११ जनासहित २७ जनामा कोरोना पुष्टि भएको छ । अन्य जिल्लाका १६ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

आज भेरी अस्पतालमा २४ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र बागेश्वरी ल्याबमा १ कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १८ हजार १ सय ८९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ७ सय ७२ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३३ जनाको मृत्यु भएको छ ।

जिल्लामा ९६ जना सक्रिय संक्रमित रहँदा ३३ जना अस्पताल र आइसोलेसनमा छन् भने ८३ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button