तपाईँ सुन्दै हुनुहुन्छः

‘डेल्टा भेरिएन्ट’ र आँधीबेहरीबीच अमेरिकी बेकारको दाबी फेरि बढ्यो

वासिङटन। कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका लागि पर्ने निवेदनमा दरमा वृद्धि देखिएको बिहीबार श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

डेल्टा र आँधीका कारण पनि अघिल्लो दुई हप्ताभन्दा गत हप्ता १६ हजार व्यक्तिले बेरोजगार बनेका कारण सहयोग माग गरी निवेदन दिएका छन् । यो विश्लेषकहरूको अपेक्षाभन्दा धेरै माथि हो ।

सन् २०२० को मार्चमा महामारी सुरु भएपछि श्रम बजारको अवस्था नजिकबाट नियाल्दा यस वर्षको अधिकांश समय ह्रास हुँदै आएको छ । हालैको आँधी र कोभिडको डेल्टा भेरिएन्टले अमेरिकी अर्थतन्त्रलाई लगभग एक महिनाअघिको स्तरसम्म पु¥याइदिएको छ ।

डेल्टा भेरिएन्टको अवरोधको सङ्केतको सट्टा गत हप्ताको वृद्धि तथ्याङ्कमा मौसमी समायोजन र आइदा आँधीको प्रभावको परिणाम हुनसक्ने सम्भावना बढी भएको ‘प्यान्थियन माइक्रोइकोनोमिक’ का आर्थिक विश्लेषक इयान सेफर्डसनले बताउनुभयो ।

उहाँका अनुसार राज्य बेरोजगारी कार्यालयहरूमा पुग्नमा नै आँधीका कारण अवरोध उत्पन्न भएका कारण पनि बेरोजगारी दरमा वेद्धि देखिएको हो ।

बेरोजगार भएका निवेदन आउने प्रवृत्ति बिस्तारै घट्दै जानेछ तर मौसमी कामहरूले गर्दा नोभेम्बरसम्म बेरोजगारी दरमा देखिएको वृद्धि रोकिने सम्भावना रहेको उहाँको विश्लेषण छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button