तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको बैठकः अध्यक्षद्वारा प्रस्तुत प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको काठमाडौँमा जारी केन्द्रीय कमिटीको बैठकले  अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मतले पारित गरेको छ ।     


पार्टीको हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि आज समूहगत रूपमा छलफल भई आएका धारणाका निष्कर्ष र सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । 

यसअघि बैठकमा उठेका विषयमा अध्यक्ष नेपालले विगतमा जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप बनाउने काम गरिएकाले अब जबजलाई विकसित र समृद्ध पार्ने बताउनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरण लगायत विषयमा समेत छलफल हुनेछ । 

केन्द्रीय कमिटीको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button