तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारमा नरहँदा पार्टीको सङ्गठन निर्माण र विस्तारमा लाग्ने अवसर’

file photo

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नरहँदा पार्टीको सङ्गठन निर्माण र विस्तारमा लाग्ने अवसर पाएको बताउनुभएको छ ।

नेकपा एमाले बाँकेद्वारा आज नेपालगन्जमा आयोजित बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले एमाले अहिले आफूलाई अझ सशक्त बनाउन गतिशील भएर लागेको बताउनुभयो । 

पार्टीका पक्षमा तीव्र अभियान लिएर अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिनुहुँदै अध्यक्ष ओलीले पार्टी विभाजनको कुनै असर नपरेको भन्दै एमाले अझ बलियो बन्दै गएको जिकिर गर्नुभयो । 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा देश र जनताका पक्षमा काम गरेकाले जनताले त्यसको मूल्याङ्कन गरेर फेरि एमालेलाई पुरस्कृत गर्ने विश्वास व्यक्त गर्नुभयो । 

भेलालाई स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button