तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणबिच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणबिच कार्यक्रम तथा सूचना र सन्देश प्रसारण गर्नेसम्बन्धी आज सम्झौता भएको छ । 

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दीप अधिकारीले हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार रेडियो नेपालबाट हरेक मङ्गलवार बिहान ७ः २५ बजे ‘सञ्चार र विकास’ नाम १५ मिनेटको कार्यक्रम र विभिन्न समयमा सन्देश तथा विज्ञापन प्रसारण गरिनेछ । 

यसैगरी रेडियो नेपाल र केन्द्रीय तथ्याङ्क विभागबिच पनि सूचना तथा सन्देश प्रसारण गर्नेसम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र केन्द्रीय तथ्याङ्क विभागका उप महानिर्देशक हेमराज रेग्मीले आज हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार रेडियो नेपालबाट राष्ट्रिय जनगणना सम्बन्धी गीत, सन्देश, सूचना लगायतका सामाग्री प्रसारण गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button