तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश खेलकुद परिषद्द्वारा चार राष्ट्रिय खेल सङ्घसँग सम्झौता

काठमाडौँ । बागमती प्रदेश खेलकुद परिषद्ले प्रशिक्षक तालिम सञ्चालनका लागि चार राष्ट्रिय खेल सङ्घसँग सम्झौता गरेको छ ।

बागमती प्रदेशले बुधवार नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल एथलेटिक्स सङ्घ, नेपाल रग्बी सङ्घ र नेपाल आइटिएफ तेक्वान्दो सङ्घसँग सम्झौता गरेको हो ।

बागमती खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, रग्बी संघका अध्यक्ष टङ्कलाल घिसिङ र एथलेटिक्स सङ्घको तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार एथलेटिक्सको प्रशिक्षक तालिम त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा असोज ९ देखि १३ गतेसम्म हुनेछ । आइटिएफ तेक्वान्दोको तालिम १६ र १७ असोजमा रामेछापमा हुनेछ । त्यस्तै रग्बीको १९ र २० असोजमा चितवनमा तथा ५ र ६ कात्तिकमा ब्याडमिन्टनको राखेप कभर्ड हलमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button