तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा २ लाख बढी मूल्यका अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले २ लाख बढी मूल्यका अवैध सामान बरामद गरेको छ। 

जिल्लाको कृष्णपुर नगरपालिका–५ वनदेवीस्थित हरियाली सामुदायिक वनबाट उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएका लेडीज सुट र थानका कपडा गरी २ लाख १८ हजार ५ सय मूल्य बराबरको कपडा बरामद भएको हो। 

बरामद कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिनगर कैलाली बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button