तपाईँ सुन्दै हुनुहुन्छः

६५ वर्ष पुगेपछि अल्जाइमर्सको जोखिम बढ्ने

काठमाडौँ । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकमा विस्मृति रोग (अल्जाइमर्स) समस्याको जोखिम हुने भएकाले लक्षण देखिन साथ उपचार गराउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन् । 

भर्खर गरेका कुरा, काम बिर्सने रोग नै विस्मृति (अल्जाइमर्स) भएको ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ डा. रमेश कँडेलले जानकारी दिनुभयो । 

यो रोग ८० वर्षभन्दा माथिका ४० प्रतिशत ज्येष्ठ नागरिकमा देखिएको तथ्याङ्क रहेको विशेषज्ञ डा. कँडेलले जानकारी दिनुभयो । 

नेपालमा अबको ३० वर्षमा २ लाख नागरिक अल्जाइमर्स रोगबाट ग्रसित हुने देखिएकाले यसको जोखिम कम गर्न युवा तथा वयस्क अवस्थामा सुगर, प्रेसर, डिप्रेसन जस्ता रोगलाई नियन्त्रण गर्नुपर्ने डा. कँडेलको सुझाव छ । 

सरकारले तोकिएका अस्पतालबाट अल्जाइमर्सका बिरामीलाई १ लाख बराबरको उपचार सुविधा उपलब्ध गराएको समेत डा. कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button