तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ, मुस्ताङ र रुकुम पूर्वका लक्षित समूहले पाए पूर्ण मात्रा खोप


file photo

काठमाडौँ । नेपालका मनाङ, मुस्ताङ, रुकुम पूर्व जिल्लाका लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज देशभरि १ लाख ५६ हजार १८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको मन्त्रालयले आज गरेको प्रेस विफ्रिङमार्फत जनाएको हो । 

योसँगै नेपालमा ५७ लाख ५२ हजार ८ सय ५३ ले पूर्ण मात्रा खोप लगाएका छन् । 

कोरोना विरुद्धको एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७ सय ८० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button