तपाईँ सुन्दै हुनुहुन्छः

देशभर १ हजार ४ सय ७८ सङ्क्रमित थपिए

काठमाडौँ । आज देशभर १ हजार ४ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

११ हजार ६७ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार २ सय ५१ जना तथा २ हजार ८ सय ६३ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय २७ जना गरी जम्मा १ हजार ४ सय ७८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी काठमाडौँ उपत्यकामा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । 

काठमाडौँमा ३ सय ५५, भक्तपुरमा ५८ र ललितपुरमा १ सय ५१ गरी जम्मा ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

देशभर आज कोरोना सङ्क्रमणबाट १ हजार ६ सय ३० जना मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५५ हजार ६ सय ३० जना निको भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव ९ प्रतिशत रहेको छ । 

आज कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको प्रवक्ता डा. पौडेलले बताउनुभयो । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २१ हजार १ सय ३९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ३ सय ३४ जनाले आइसियु र १ सय १९ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button