२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता नामावली दर्ताका लागि वडा वडामा टोली खटाउन माग

राजेन्द्र सिंह २०७८ असोज ६ गते १७:१२

वीरगञ्ज । नेपाली काङ्ग्रेस पर्साले बुधवार मतदाता नामावली दर्ता गर्नका लागि वडा वडामा टोली खटाउनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ । 

विगतको करिब दुई वर्षदेखि कोरोना महामारीका कारण नेपालमै सबैभन्दा बढी प्रभावित जिल्ला पर्सा भएको कारण यहाँको नयाँ मतदाता नामावली दर्ता पनि प्रभावित भएकोले प्रत्येक वडामा नयाँ मतदाता नामावली सङ्कलन गर्न सम्बन्धित कर्मचारी पठाउन ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

जिल्लामा मतदाता नामावली दर्ता गर्नका लागि दिनहुँ हजारौँको सङ्ख्यामा पालिकाका वडाहरूबाट मतदाताहरू वीरगन्ज–आउने गरेको तर न्यून सङ्ख्यामा नामावली दर्ता हुने भएको कारण प्रायः मतदाताहरू रित्तै घर फर्कनुपरेको छ, जसका कारण यस जिल्लाका मतदाताहरूले साह्रै कष्ट भोग्नुपरेको नेपाली कांग्रेस पर्साले जनाएको छ ।

नेपाल सरकारको काम देशको प्रत्येक नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्नु हो तर त्यसको ठिक विपरीत हजारौँ सङ्ख्यामा पालिकाका वडा वडाबाट आएका नागरिकहरू वीरगञ्ज आएर पनि विना नाम दर्ता गराइ आफ्नो घर फर्कन बाध्य भइरहेको समस्याप्रति नेपाली कांग्रेस पर्साको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित