तपाईँ सुन्दै हुनुहुन्छः

राजनैतिक प्रतिशोध राखेर आफु विरुद्ध अभियोग लगाइयो : उपसभापति गच्छदार

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा पूर्वाग्रह र राजनैतिक प्रतिशोध राखेर आफु विरुद्ध अभियोग लगाएको बताउनुभएको छ । 

उपसभापति गच्छदारले आफ्नो राजनैतिक जीवन समाप्त पार्ने गलत नियतका साथ अभियोग लगाएको बताउनुभएको हो । 

ललिता निवास क्षेत्र विस्तार गुरु योजनाका सम्बन्धमा त्यसभन्दा अगाडि लामो समयदेखि अध्ययन हुँदै आएको बताउनुहुँदै काँग्रेस नेता गच्छदारले विभागीय मन्त्रीका हैसियतले आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानु बाहेक अन्य कुनै भूमिका नरहेको समेत स्पष्ट पार्नुभयो । 

अख्तियार दुरुपयोग आयोगले ललिता निवास क्षेत्रको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको अभियोगमा गच्छदार विरुद्ध विक्रम संवत् २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने अदालतले विक्रम संवत् २०७८ असार ३० गते धरौटीमा रिहा गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button