तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक कृषिले आत्मनिर्भर बनेको कपुरकोट

सल्यान । कपुरकोट गाउँपालिकाका झन्डै ३ हजार ५ सय घरधुरीले बेमौसमी तरकारी खेती गर्दै आइरहेका छन् । 

सुख्खा डाँडाको केही हुँदैन भनेर कालापहाड (भारत) लाई रोजगारीको मुख्य स्रोत बनाएका कपुरकोटबासी पछिल्लो समय भने आफ्नै बारीमा सुन फलाइरहेका छन् । 

कपुरकोटका लाख आम्दानी नगरेको एक पनि घर नभएको कृषि उपज सङ्कलन केन्द्र कपुरकोटका सचिव तिलक शर्माले बताउनुभयो । कपुरकोट गाउँपालिका भित्रबाट जेठदेखि भदौको अन्तिमसम्म ११ करोडको तरकारी निकासी भइसकेको उहाँको भनाई छ ।

बेमौसमी तरकारी खेती गर्दै आएका कपुरकोट गाउँपालिकाका खड्काबहादुर ओलीले अहिलेसम्म झन्डै ५ लाखको तरकारी बिक्री गरिसकेको  अझै एक दुई लाखको तरकारी बिक्री हुने तयारीमा रहेको उहाँले बताउनुभयो  । 

कपुरकोट कै वीर बहादुर बुढाथोकीले पनि ताजा तरकारी बिक्रीबाट हालसम्म ४ लाख हात पारिसकेको बताउनुभयो । जेठदेखि भदौको अन्तिमसम्मको आम्दानी रहेको उहाँको भनाई छ ।  

स्थानीयको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताउनुभयो । 

कपुरकोटमा २०५६ सालदेखि तरकारी खेती सुरु भए पनि २०५८ बाट भने व्यावसायिक तरकारी खेती हुँदै आइरहेको गाउँपालिका अध्यक्ष सेनको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button