तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि भौतिक उपस्थितिमा पठनपाठन बन्द

धनगढी  ।   कैलालीमा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ । 

धनगढीमा रहेको ऐश्वर्य विधा निकेतन माध्यामिक विद्यालयका एक  जना विद्यार्थी र दुई जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ । 

उक्त विद्यालयले आज सूचना जारी गर्दै  शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएकाले भोलि असोज ७ गते देखि पूर्व कार्यक्रम अनुसार अनलाइन माध्यमबाट पठनपाठन सुचारु हुने जनाएको छ । 

विद्यालयमा सञ्चालनमा आएको सातामै विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको बताइएको छ ।

यस अघि सो विद्यालयले अनलाइनबाट पठनपाठन गराउँदै आएको थियो । कैलालीमा स्थानीय प्रशासनले स्मार्ट लकडाउन कार्यविधि भित्र रही जनस्वास्थ्यका सबै मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेपछि भदाै अन्तिम सातादेखि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button