तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा असोज १२ गतेदेखि भेरोसेल खोप लगाइने

file photo

नेपालगञ्ज ।  बाँकेमा असोज १२ गतेदेखि तीन दिन भेरोसेल खोप लगाइने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार असोज १२, १३ र १४ गते ४५ बर्ष माथिका सबै नागरिक र १८ बर्ष माथिका छुटेका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइनेछ ।

जिल्लाका सबै वडा स्वास्थ्य संस्थाबाट खोप लगाइने फोकल पर्सन तेज वलीले बताउनुभयो । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाण र विद्यार्थीले परिचयपत्र लिएर जानुपर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button