तपाईँ सुन्दै हुनुहुन्छः

सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गर्नुभएको छ । उहाँले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गर्नुभएको हो । 

उहाँले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरुमा इमान्दार रहन यहाँका सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नुभएको छ । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button