तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिकम र रेडियो नेपालबिच सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल टेलिकम र रेडियो नेपालबिच विज्ञापन तथा सन्देश प्रसारण गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार नेपाल टेलिकमका विज्ञापन तथा सन्देशहरू रेडियो नेपालले केन्द्रीय तथा प्रादेशिक प्रसारण मार्फत प्रसारण गर्ने छ । 

रेडियो नेपालले नेपाल टेलिकमका विज्ञापन तथा सन्देश नेपाली सहित विभिन्न भाषामा प्रसारण गर्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button