तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु मैदानमा हारबाट जोगियो बार्सिलोना

काठमाडौं।डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।

सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ग्रानाडासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना हारबाट जोगिएको हो । बार्सिलोनाका डिफेण्डर रोनाल्ड अरौजोले १–० ले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए ।

यसअघि खेलमा अग्रता भ्रमणकारी टोली ग्रानाडाले बनाएको थियो । ग्रानडाको लागि दोस्रो मिनेटमा कौटिन्हो मेनेसेस डुआर्टेको गोल गरेका थिए ।

स्टार खेलाडी लियोनल मेस्सी बार्सिलोना छाडेर पिएसजी लागेपछि बार्सिलोना खराब लयमा रहेको छ । यद्यपि बार्सिलोना स्पेनिस लिगमा अपराजित छ । उसले ४ खेलबाट ७ अंक जुटाएको छ । तालिकामा सातौं स्थानमा छ ।

ग्रानाडा भने जितविहीन हुँदै तीन अंकसहित तालिकाको १७औं स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button