तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट अवैध रुपमा भित्र्याइएका सामान बरामद

टीकापुर कैलाली । कैलालीमा सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलाली मातहतको कालाकुण्डा मातहत बिओपीबाट खटिएको टोलीले टीकापुर नगरपालिका वडा नम्बर–७ सोनाफाँटामा उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका १ लाख ६३ हजार मूल्य बराबरका कोट पाइन्टको कपडा बरामद गरेको विओपिले जनाएको छ । 

बरामद सामान आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको कालाकुण्डा विओपिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button