तपाईँ सुन्दै हुनुहुन्छः

सोह्र श्राद्धअन्तर्गत आज ऋषितर्पणी सम्पन्न


जनकपुरधाम । हिन्दुहरूले आफ्ना दिवङ्गत पितृप्रति श्रद्धाभाव प्रकट गर्ने सोह्र श्राद्ध अन्तर्गत आज ऋषिहरूप्रति श्रद्धाभाव प्रकट गर्दै ऋषिहरू प्रति तर्पण गरेका छन् ।  

पितृहरूप्रति श्रद्धाभाव प्रकट गर्नु अगाडि नै ऋषिमुनिहरुप्रति श्रद्धाभाव प्रकट गर्दै ऋषिहरूलाई तर्पण गर्ने चलन रहेको छ । 
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुषसागर, दुग्धमति तथा कमला नदीमा दर्पण गर्नेहरूको बिहानदेखि नै घुइँचो लागेको छ  । 

जनकपुरधामको धार्मिक महत्त्वको गंगासारमा तर्पण गर्नका लागि गाउँ गाउँ तथा अन्य जिल्लाहरूबाट ठूलो सङ्ख्यामा सर्वसाधारणहरू आउने गर्दछन्  । 


प्रत्येक वर्ष आजका दिन जनकपुरधामको गंगासागर पोखरीमा तर्पण गर्नका लागि सर्वसाधारणहरूको भिड लाग्ने गरेको छ । 

१६ दिनसम्म आफ्ना पितृको सम्झनामा पिण्ड दिई गरिने सोह्र श्राद्ध भोलिदेखि सुरु हुँदैछ । आफ्ना पितृलाई तर्पण दिन विभिन्न स्थानबाट जनकपुरधामको धार्मिक महत्त्वको तलाउ एवं पोखरीहरूमा मानिसहरू आउने गर्दछन् । 

यसैगरी, जनकपुरधामको ऐतिहासिक गंगासागर, धनुषसागर, रत्नसागर, विहारकुण्ड सहितको तलाउहरूमा पनि तर्पणका लागि प्रत्येक दिन सर्वसाधारणहरू आउने गर्दछन् । 

कोरोनाका महामारीको बेवास्ता गरेर सर्वसाधारणहरू ठूलो सङ्ख्यामा गंगासागर पोखरीमा आज ऋषि तर्पण गरेका छन् । 

धनुषमा अहिले कोरोनाको सङ्ख्या घट्दै गएको भन्दै स्थानीय प्रशासनले असोज १ गतेदेखि लगाउँदै आएको निषेधाज्ञा हटाएपछि भिड अत्यधिक मात्रामा देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button