तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा पोखरीमा डुबेको अवस्थामा आमा छोरीको शव फेला, अनुसन्धान गर्दै प्रहरी

जनकपुरधाम  । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ धर्मपुरमा पोखरीमा डुबेको अवस्थामा आज आमा छोरीको शव फेला परेको छ ।

पोखरीमा शव भेटिएकामा सोही वडाकी वर्ष २८ की अर्चना सिंह र निजका छोरी वर्ष ४ की कुशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले रहेको जानकारी दिनुभयो । 

घर नजिकै रहेको पोखरीमा दुवै जनाको शव पानीमा तैरिरहेको अवस्थामा स्थानीयवासीले फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटेको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान गरिरहेको छ । 

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइको छ । 

आमा छोरीले आत्महत्या गरेकी हुन् वा आफैँ डुबेको हो सो विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button