तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोग र सभामुखविरुद्ध परेको छुट्टा–छुट्टै तीन रिटमा आज सुनुवाई हुँदै

file photo

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गर्नुभएको रिटमा आज सुनुवाई हुदैछ ।

सो मुद्दा सर्वोच्च अदालतमा न्यायाधीश द्वय दीपककुमार कार्की र कुमार चुडालको इजलासमा सुनवाईका लागि पेशी तोकिएको छ ।
निर्वाचन आयोग, सभामुखविरुद्ध दायर भएको छुट्टा–छुट्टै तीन वटा रिटमध्ये दुई वटा रिटमा आज अन्तरिम आदेश दिने÷नदिने विषयमा बहस हुनेछ ।

सो मुद्दामा यसअघि भदौ २२ गते कारण देखाऊ आदेश जारी गर्दै त्यसयता अन्तरिम आदेश दिने÷नदिने विषयमा छलफल गर्ने भनिए पनि भदौ २८ गते पेशी तोकेर हेर्न नभ्याइने सूचीमा परेको थियो ।

नेकपा एमालेले १४ जना सांसदलाई कारबाही गरेपछि सभामुखले सांसद पद निलम्बन नगरेको भन्दै अध्यक्ष ओलीले सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button