तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशका जनताप्रति सधैँ प्रतिबद्ध छौँ : राज्यमन्त्री खड्का

ललितपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्काले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कठिन परिस्थितिमा प्रदेश सरकारको नेतृत्व लिनुभएको भन्नुहुँदै आफूहरू जति दिन सरकारका बसे पनि प्रदेशका जनताप्रति प्रतिबद्ध भएर काम गर्ने बताउनु भएको छ ।

सोमबार ललितपुरको झम्सिखेलमा झम्सिखेल युथ क्लबद्वारा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री खड्काले आगामी दिनमा ललितपुरका झम्सिखेल, सानेपा, धोबीघाट, कुपनडोल, पुलचोक लगायतका ठाउँहरूलाई केन्द्रित गरेर पूर्वाधार विकासका योजनाहरू आफूले तयार पार्ने बताउनु भयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै, नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरि कृष्ण व्यञ्जनकारले ललितपुर जिल्लाले मन्त्री पाए पछि ललितपुरको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष आस्था शाक्य, झम्सिखेल युथ क्लबका अध्यक्ष सन्दन थापा मगर, झम्सिखेल युथ क्लबका कोषाध्यक्ष पुरुषोत्तम थापा मगर लगायतका वक्ताहरूले राज्यमन्त्री खड्कालाई बधाई ज्ञापन गर्नुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button