तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं । सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ८९ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रहेको छ ।त्यसैगरी सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला ११३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button