तपाईँ सुन्दै हुनुहुन्छः

मुम्बईलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

काठमाडौं । आईपीएल २०२१ को दोस्रो चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनायो । जवाफमा मुम्बईले ८ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोली पहिलो ६ ओभरमा ४१ बनाउँदै ३ विकेट गुमाइसकेको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ५० रन बनाए भने क्विन्टन डि ककले १७ तथा अनमोलप्रित सिंहले १६ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्राभोले ३ तथा दीपक चहारले २ विकेट लिए ।

यसअघि, चेन्नईले ब्याटिङ गर्दा राम्रो सुरुवात गर्न सकेको थिएन । उसले मात्र ७ रनको अवस्थामा ३ विकेट गुमाइसकेको थियो । अम्बाती रायडू रन नबनाई रिटायर्ड हर्ट हुँदा माइन अली र फाप डु प्लेसिसले खाता नै खोल्न सकेनन् ।

ओपनर रुतुराज गाइकवाडले ८८, रवीन्द्र जडेजाले २६ तथा ड्वेन ब्राभोले २३ रन बनाउँदै इनिङ सम्हालेका थिए । जीतपछि चेन्नई ८ खेलबाट १२ अंकसहित अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने ८ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button