तपाईँ सुन्दै हुनुहुन्छः

पीएसजीको पूनरागमन जित

काठमाडौँ । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएके खेलमा पीएसजीले लियोनलाई २-१ले पराजित गरेको हो ।

खेलमा पाहुना टोली लियोनले ५४ औं मिनेटमा लिमाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ६६ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१को पूनरागमन जित दिलाए ।

पीएसजीले ६ खेलबाट सबैमा जित निकाल्दै १८ अंक सहित शीर्ष स्थानमा छ । पराजित लियोन ८अंकसहित नवौँ स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button