तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि र कर्मचारीहरूबिच मैत्रीपूर्ण फुटबलः वडा कर्मचारी प्रथम

सिन्धुपाल्चोक । संविधान दिवसको अवसरमा आयोजित पाँच पोखरी थाङपाल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 

खेलकुद विकास समितिद्वारा जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिकामा आयोजित प्रतियोगितामा वडा कर्मचारी टिम तिन खेलमा विजयी हुँदै ९ अङ्कसहित प्रथम भएको छ ।  

त्यस्तै पालिका जनप्रतिनिधि दुई खेलमा विजयी हुँदै ६ अङ्कसहित दोस्रो र पालिका कर्मचारी टिम  एक खेलमा विजयी भई ३ अङ्कसहित तेस्रो भएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो । 

आजको समापन खेलमा जनप्रतिनिधि टिमले वडा कर्मचारी टिमलाई ४ –० गोलले पराजित गरेको थियो । गाउँपालिका अध्यक्ष टासी लामा पनि सहभागी भई आजको खेलमा २ गोल गर्नुभयो ।

नाईन ए साइड अनुसार खेलाइएको प्रतियोगिताको  पाँच पोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले हिजो उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button