तपाईँ सुन्दै हुनुहुन्छः

स्क्र्याबल च्याम्पीयनसिपको आयोजना

बारा । स्क्र्याबल क्लब बाराले जिल्ला स्तरीय स्क्र्याबल च्याम्पीयनसिपको आयोजना गरेको छ । 

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानामा आयोजित च्याम्पियनसिपको उद्घाटन एनप्याप्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले गर्नुभएको थियो । च्याम्पियनसिपमा १० विद्यालयका २० छात्रछात्राले भाग लिएका थिए । 

सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्र्याबल खेल नेपालमा पहिलो चोटी सन् २०१५ मा अङ्ग्रेजी शब्दका लागि सुरुवात गरिएको र स्क्र्याबल खेल अहिले ४० वटा जिल्लामा खेलाउन थालिएको स्क्र्याबल क्लबका केन्द्रीय संयोजक केशवप्रसाद पराजुलीले बताउनुभयो । 

यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्द भण्डारको वृद्धि हुने, खेलाखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने संयोजक पराजुलीको भनाइ छ । स्क्र्याबल खेलको नेपाली रूपान्तरण नभई सके पनि कोठे पद र शब्द जालजस्ता शब्द पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाका अध्यक्ष विदुर खड्का, धनुषा स्क्र्याबल क्लबका सन्तोषकुमार साह, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button