तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल समाचार महाशाखा प्रमुख लम्साल र वरिष्ठ प्राविधिक अधिकृत निरौला प्रवल जनसेवा श्रीबाट विभूषित

काठमाडौँ । संविधान दिवसका अवसरमा रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र वरिष्ठ प्राविधिक अधिकृत गिरीराज निरौला प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएको छ । 


संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेडियो नेपालका समाचार महाशाखा प्रमुख लम्साल र निरौलासहित ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको हो ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो ।  

डा. लम्साल रेडियो नेपाल समाचार महाशाखा प्रमुखका अतिरिक्त नेपाली साहित्यका एक वरिष्ठ कवि तथा गीतकार पनि हुनुहुन्छ । उहाँका कर्ण, धरा, अग्नि तीन महाकाव्यसहित आठ वटा पुस्तक प्रकाशित छन् ।

गिरी रेडियो नेपालको वरिष्ठ प्राविधिक अधिकृत हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button