तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीहरूबिच मैत्रीपूर्ण फुटबल

सिन्धुपाल्चोक । संविधान दिवसको अवसरमा पाँच पोखरी थाङपाल गाउँपालिकामा  जनप्रतिनिधि र कर्मचारीहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।  

खेलकुद विकास समितिद्वारा जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिकामा आयोजित प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पालिका कर्मचारी टिमले ६–० गोलले गाउँपालिका जनप्रतिनिधि टिमलाई पराजित गरेको छ । 

त्यस्तै गाउँपालिका कर्मचारी टिम र वडा कर्मचारीबिच भएको दोस्रो खेलमा वडाले पालिकालाई ४–२ गोलले पराजित गरेको छ । 

तेस्रो खेल पालिका जनप्रतिनिधि र वडा कर्मचारी बिच भएको थियो । जसमा जनप्रतिनिधि टिमलाई वडाले ४–१ ले पराजित गरेको कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो ।

नाईन ए साइड अनुसार खेलाइएको प्रतियोगिताको पाँच पोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले उद्घाटन गर्नुभएको थियो । 

फाइनल खेल भोलि हुने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button